७ बैशाख २०८१, शुक्रबार

डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १३ । बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनले तीन तीन जना सदस्य निर्वाचित गराउन सफल भएको छ । सो पालिकामा जसपा र एमालेविच गठबन्धन भएपछि काँग्रेसले कुनैपनि सिट जित्न सकेन ।
जिल्ला निर्वाचन अधिकारी रमा पन्तका अनुसार एमालेका लीला सुनार, जयन्ती महाउत र शिवकुमार जयसवाल, जसपाका छबरानी यादव, सकिना बेगम नाउ र समसुद्दिन सल्मानी सबैले २४ं–२४ मत ल्याएर विजयी भएका छन् ।
नेपाली कांग्रेसका कनिका तारा पठानिन, सुष्मा यादव, दीपराज लोनियाले ८–८ र धर्मपाल चमारले ९ मत ल्याए । डुडुवा गाउँपालिकाको ६ वटा वडामध्ये जसपाका तीन, एमाले दुई र कांग्रेसले एक वडा मात्र जितेको छ । जबकी अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र साहिदा बानो विजयी हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *