११ बैशाख २०८१, मंगलवार

तरुण दलका युवामाथि आक्रमण गर्ने चार जना पक्राउ र सार्वजनिक

तरुण दलका युवामाथि आक्रमण गर्ने चार जना पक्राउ र सार्वजनिक

समाचारदाता
नेपालगञ्ज, पुस १८ । बाँके प्रहरीले नेपालगञ्जमा तरुण दलका युवाहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।
आइतवार दिउँसो नेपालगञ्ज ४ गणेशपुरमा तरुण दल नेपालगञ्जका सदस्य नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारीसहित ४जना पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई आइतवारनै डुडुवाबाट पक्राउ गरिएको बताउनुभयो । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताउनुभयो । घाइतेहरुको लखनऊमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुरागको अवस्था गम्भीर छ । तरुण दलले आइतवार विज्ञप्ती निकालेर घटना संलग्नलाई तत्काल पकाउ गरी कडा कारवाही गर्न माग गरेको थियो ।
बाँके सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराजसिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेका थिए । जिल्लामा नयाँ प्रहरी प्रमुख भएर एसपी सन्तोषसिंह राठौर आए लगत्तै भएको यो घटनामा प्रहरीले २४ घण्टा नबत्दिै संलग्नहरु पक्राउ गर्न सफल भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *