१६ चैत्र २०८०, शुक्रबार

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, भदौ ४ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले बताउनुभयो ।
संघका अध्यक्ष मिना डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु प्रमुख अतिथि रहनु भएको थियो । जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्न तिजको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेमसंघ क्रान्तिकारी बाँकेकी अध्यक्ष डाँगीले बताउनुभयो ।

उहाँले कुनै शारीरिक समस्या छैन भने महिलाहरुले समेत तीन तीन महिनामा रगत दान गर्न सक्छन् भन्दै महिलाहरुलाई रक्तदानका लागि उत्प्रेरित गर्न आवश्यक देखिएको बताउनुभयो ।
सहभागिहरुले जिल्लामा रहेको ब्लड बैकलाई अझै ब्यवस्थित बनाउन, संकलन भएको रगत खेर जान नदिन तथा जिल्लामा रगत अभाव हुन नदिन जिल्लामा भएको रगतलाई जिल्लाकै ब्लड बैकमा जम्मा गर्न अनुरोध गरेका छन् ।
उक्त रक्तदान कार्यक्रममा प्रमुख अनेमसंघ क्रान्तिकारी की केन्द्रीय सदस्य अन्जना थारु, माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, जिल्ला संयोजक डम्मर बिक तुफान, प्रदेश सदस्य नबिन शर्मा र महिला नगर इन्चार्ज मन्दिरा पाण्डे लगायतको सहभागीता रहेको सचिव इश्वरी रावतले जानकारी दिनु भयो ।
महिलाहरुले पनि ठुलो संख्यामा रक्तदान गरेपछि रगत बढी संकलन हुने अपेक्षा गरिएको रक्त सञ्चार केन्द्र बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *