७ बैशाख २०८१, शुक्रबार

तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई शनिवार आफ्नो गृहनगर नेपालगञ्ज आउँदै हुनुहुन्छ । उहाँ बकराईद मनाउन तथा जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाटका लागि नेपालगञ्ज आउने कार्यक्रम रहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहनगर आउन लाग्नु भएका मन्त्री राईको शनिवार अपरान्ह नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरिने तथा बृहत्त जुलुसका साथ उहाँलाई नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले मन्त्री राई सवार हुने विमान ३ बजेर ४० मिनेटमा विमानस्थलमा पुग्ने कार्यक्रम रहेकोले जिल्लाका नेता कार्यकर्ताहरु स्वागतका लागि विमानस्थलतर्फ जान २ बजे पार्टी कार्यालयमा भेला हुने कार्यक्रम रहेको बताउनुभयो । नेपालगञ्ज रंगशाला नजिक रहेको पार्टी कार्यालयमा भेला भएर विमानस्थल जाने कार्यक्रम रहेको सचिव विश्वकर्माले बताउनुभयो ।

पहिलो पटक श्रम र यातायात तथा दोस्रो पटक सहरी विकास मन्त्री बन्नुभएका नेता राईले यस पटक निकै महत्वपुर्ण मानिने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय पाउनु भएको छ । यो सानो कार्यकालमा पनि बाँके जिल्ला र क्षेत्र नम्बर २ को तिव्र विकास हुने अपेक्षा बाँकेवासीले गरेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *