४ बैशाख २०८१, मंगलवार

तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । नेपाल सरकारले बालबिकास शिक्षकलाई तोकेको पारिश्रमिक अनुसारको सेवा सुविधा नेपालगञ्ज उपमहानगरपालिकाले नदिएको भन्दै नेपालगन्जका बाल शिक्षक आन्दोलनमा उत्रिएका छन ।
नेपाल बाल बिकास समिति नेपालगञ्जको आयोजना तथा अगुवाईमा शिक्षकको हक सम्बन्धि तलब बृद्धि, गोल्डन ह्याण्डचेक, उमेर हदबन्दि लगायतको माग गर्दै शिक्षकहरु नेपालगञ्ज उपमहानगरको कार्यालयमा गत तीन दिनदेखि धर्ना दिदै आएका छन ।
नेपाल सरकारले चालु बजेट वक्तव्य मार्फत बाल शिक्षकलाई साउनबाट न्युन्तम् १५ हजार दिईने निणर्य गरेको थियो । बाँकेका अन्य पालिकाले उक्त सेवा सुविधा उप्लब्ध गराउँदै आएपनि नेपालगञ्ज उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा समेत सम्बोधन नगरेकोले आन्दोलन गर्नु परेको शिक्षकहरुको भनाई छ ।
बाल बिकास नगर समिति अध्यक्ष एवम मंगल प्रसाद बाल बिकास केन्द्रकी शिक्षिका गीता अधिकारीले जिल्लाका अन्य पालिकाले माग पुरा गर्न सक्ने तर नेपालगन्जले नगर्नुको कारण आफुहरुले नबुझेको बताउँदै आक्रोश व्यक्त गर्नुभयो ।
बालबिकास शिक्षकलाई सात दिने पुर्नताजगी तालिमको व्यवस्थापन गर्न सहजीकरण गरि दिने, बाल बिकास सुदृढीकरण कार्यक्रम बनाएर लागु गर्ने, विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम समुदायमा संचालित केन्द्रलाई पनि व्यवस्था गर्न तथा सहयोग, बालबिकास केन्द्र तथा कक्षा अनुगमन गर्न पहल गर्ने लगायतका माग राख्दै शिक्षकहरुले धर्ना दिदै आएका हुन ।
समितिकी अध्यक्ष अधिकारीले केन्द्रिय सरकारले १५ हजार पारिश्रमिक तोेकेको छ, जसमा संघीय सरकारले ८ हजार र स्थानिय सरकारले ७ हजार दिने भनिए पनि आफुहरुले अहिले सम्म त्यो सुविधा नपाएको बताउनुभयो । पटक पटक नगरलाई ध्यानाकर्षण गराउँदा नगरले व्यवस्था, मुल्यांकन तथा छानविन भईरहेको जनाउदै आएपनि केही नगरेको शिक्षकहरुको भनाई छ ।
उपमहानगरले आफ्ना माग सम्बोधन नगरे थप कडा संघर्षका कार्यक्रम तय गरिने तीन दिनबाट धर्ना दिदै आएका शिक्षकहरुले चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *