८ बैशाख २०८१, शनिबार

त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए

त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए

गोरखापत्र अनलाइन
नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् ।
सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनपत्रमा जनाईएको छ ।
विगतमा पनि पटक पटक शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएकोमा सो विपरित स्वयं मेयर राणाकै अगुवाईमा शालिक स्थापना गरिएकोले तत्काल हटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरित एकलौटी ढंगले जिल्लामा सामाजिक सदभाव विगार्ने नियतका साथ सो शालिक स्थापना गरिएकोले विगतको सहमति अनुसार नै हटाउनु पर्ने ज्ञापनपत्रमा जनाईएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो शालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरपालिका र मेयर राणासंग कुन निर्णयबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताउनुभयो । उहाँले प्रशासनले आफ्नो तरिकाले सो समस्याको समाधान निकाल्ने पनि ज्ञापन पत्र बुझाउन गएका सत्ता गठबन्धन दलका स्थानीय नेताहरुलाई आश्वस्त पार्नुभयो ।
सो ज्ञापत्र पत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेपालगञ्ज नगर समितिका अध्यक्ष रतन शाही, जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, नगर अध्यक्ष श्रवण कुमार यादव, एकिकृत समाजवादी नेपालगञ्ज नगरका अध्यक्ष सरोज तामांग र राष्टिय जनमोर्चा नेपालका जिल्ला उपाध्यक्ष जगदिश ढकाल लगायत नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । (गोरखापत्र अनलाइनबाट साभार)


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
7
+1
0
+1
5
+1
4

1 Comment

  • दिनेश रिमाल

    बनाउन नसक्नेले नै हाे यस्तो गर्ने , कि त समयमै बनाउनु पर्थ्याे अब पत्रले पार्टीको छबिमा गिरावट आउन सक्छ, चेतना भया, नेतागण हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *