१३ बैशाख २०८१, बिहीबार

देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । कोहलपुर ग्यालरीले साँस्कृतिक कार्यक्रम मार्फत देउसी भैलो खेलेर संकलन गरेको रकमबाट विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्यालरीले सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी भैलोबाट संकलन गरेको रकम मध्येबाट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय,कोहलपुर १३ सिमरीका विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको कोहलपुर ग्यालरीका अध्यक्ष सरोजराज शाहीले बताउनुभयो ।

अध्यक्ष शाहीका अनुसार सो विद्यालयका १५० जना विद्यार्थिलाई कपी, कलम, पेन्सिल, कटर र मास्क लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यार्थिलाई ग्यालेरीका अध्यक्ष शाही, ग्यालेरीका अन्य सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री विद्यार्थिलाई हस्तान्तरण गर्नु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

ग्यालरीले संकलन गरेको ६५ हजारु रुपियाँ मध्ये खर्च कटाएर ५५ हजार रुपियाँ गरिब, असहायको सहयोग लगायत सामाजिक कार्यमा खर्च गर्ने जनाउँदै उहाँले आफुहरुले यसअघि पनि विभिन्न सहयोगहरु गर्दै आएको बताउनुभयो ।

देउसी भैलो खेलेर पिकनिक गर्ने, विभिन्न पार्टी गर्ने परम्परालाई अहिलेका युवाले समाप्त पार्दै सो रकमलाई विभिन्न सामाजिक कार्यमा खर्च गर्न शुरु गरेका छन् । यसले समाजमा निकै राम्रो सँदेश गएको कोहलपुरका अगुवाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *