७ बैशाख २०८१, शुक्रबार

देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् ।
सो सम्मेलनको शुक्रवार एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो ।
देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरेर महत्वपुर्ण सम्मेलन आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै उहाँले युवानै देशका प्रमुख कर्णधार भएको बताउनुभयो ।
सो अवसरमा नेपाल जेसिजसका पुर्व अध्यक्षहरु, नेपालगञ्ज जेसिसका पुर्व अध्यक्षहरु लगायतले पनि युवाले नै राष्ट हाक्ने बताउँदै अहिलेबाट नै देशप्रतिको जिम्मेवारी बोध युवामा हुनुपर्नेमा जोड दिएका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *