१५ चैत्र २०८०, बिहीबार

दैलेखबाट भागेर जोखिमपुर्ण काममा भारत पस्न खोजेका चार बालकको नेपालगञ्जमा उद्दार

दैलेखबाट भागेर जोखिमपुर्ण काममा भारत पस्न खोजेका चार बालकको नेपालगञ्जमा उद्दार

सिराज खान
नेपालगञ्ज, पुस ३ गते । जोखिमपूर्ण कामका लागि भारत जाने भनेर घरबाट एक्लै भागेर नेपालगञ्ज पुगेका दैलेखका तीनसहित चार जना बालकको उद्धार गरिएको छ ।
शुक्रबार विहान नेपालगञ्जस्थित धम्बोझी चोकमा बेवारिसे अवस्थामा फेला परेका दैलेख दुल्लु तल्लो दुमेश्वर घर बताउने बर्ष १३ का सुवास वादी, वर्ष १५ का विमल वादी, वर्ष १२ का करण वादी र भारतको नानपारा घर बताउने वर्ष १५ का रमेश मौरियाको उद्धार गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार घरबाट भागेर नेपालगञ्ज पुगेका तीन जना बालक र एक जना भारतीय बालकको उद्धार गरेर बाल हेल्पलाइन ९सिविन नेपाल० बाँकेमा पठाइएको छ ।
नेपाली बालकहरु सीमापार गर्ने तयारीमा रहेको र उनीहरुसँगै भारतीय बालक के कसरी भेटिएको र कुन उद्देश्यले उनीहरुले सीमा पार गर्न खोजेको भन्ने कुराको छानविन भैरहेको उहाँले बताउनुभयो ।
प्रहरीले सामाजिक सञ्जालमा ती बालकको तस्विर राखेर आफन्तलाई लिन आउन समेत आग्रह गरेको छ ।
विगत लामो समयदेखि नेपालगञ्ज नाका भएर पटक पटक धेरै संख्यामा बालकहरु एक्लै भारत छिर्ने गरेका छन् । उनीहरुलाई पैसा कमाउने लोभलालच देखाएर विभिन्न दलालले घरबाट भगाएर ल्याउने र नाका पार गर्दा आफू टाढै रहने उनीहरुलाई एक्लै पार गर्न लगाई सीमापारी दलाल भेटिने गरेको प्रहरीले जनाएको छ ।
यसअघि पनि पटक पटक जमुनाह नाकामा नाबालकहरुलाई प्रहरीले भारत पस्न लागेको बेला उद्धार गर्दै आएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।( गोरखापत्र अनलाइनबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *