७ बैशाख २०८१, शुक्रबार

धार्मिक सामाजिक एकता मन्चले अल्पसंख्यकमाथि अत्याचार रोक्न माग गर्दै ज्ञापन पत्र बुझायो

धार्मिक सामाजिक एकता मन्चले अल्पसंख्यकमाथि अत्याचार रोक्न माग गर्दै ज्ञापन पत्र बुझायो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।
सो ज्ञापन पत्र बुझाउन धार्मिक सामाजिक एकता मन्च नेपालका हिन्दु समुदायको तर्फका संयोजक दिपक लोध राजपुत र मुस्लिम समुदायको तर्फका संयोजक मेराज अहमद हिमालय लगायत जिल्ला प्रशासन जानु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *