६ बैशाख २०८१, बिहीबार

नयाँ नयाँ तरिका अपनाउँदै लागु औषध तस्कर, मुख भित्र लुकाएको ब्राउन सुगरसहित २ जना पक्राउ

नयाँ नयाँ तरिका अपनाउँदै लागु औषध तस्कर, मुख भित्र लुकाएको ब्राउन सुगरसहित २ जना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २५ । प्रहरीले नाकामा कडाई गरेपछि नयाँ नयाँ तरिकाले लागु औषध भित्रयाउनेहरु सो काममा सक्रिय भएको पाईएको छ । पछिल्लो समयमा बाँकेमा बुधवार प्रहरीले यहाँस्थित नेपाल भारत सिमानाको जमुनाहबाट २ जनालाई मुखमा राखेर ब्राउन सुगर ल्याईरहेको अवस्थामा पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षिय विष्णु रावत र सोही ठाउँको तातोपानी गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय भरत रावलले भारतबाट मुखभित्र राखेर ल्याईरहेको तीन ग्राम ब्राउनसुगसहित दुबैजनालाई पक्राउ गरिएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहका सई मिन बहादुर विष्टको कमाण्डमा खटिएका प्रहरी टोली र लागु औषध व्युरो नेपालगञ्जको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । बुधबार अपरान्ह २ः४५ बजे भारतबाट नेपाल आउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह चेक पोइन्टमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शंकाको आधारमा चेकजाँच गर्दा भरत रावलले मुख भित्र लुकाएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेपछि दुबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *