७ बैशाख २०८१, शुक्रबार

नरैनापुरको मुहार फेर्ने मन्त्री अथक र नमुनाको प्रतिवद्धता, नरैनापुर विशाल सभा

नरैनापुरको मुहार फेर्ने मन्त्री अथक र नमुनाको प्रतिवद्धता, नरैनापुर विशाल सभा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २७ । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ को १ का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन ।
सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वर जंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन, रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दाबि गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन ।


कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुना लाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाया बाया नगरी मतदान गर्न समेत आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेसका नेता हुर्मत न्यौपाने, पोषण केसी, कृष्ण कार्कीले देश भर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काग्रेस लाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १,१ मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गरेका थिए ।
चुनावी सभामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाया बाया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे ।
सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या, राज कुमार बर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धन लाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । सभामा उल्लेख्य स्थानियको सहभागिता रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *