६ बैशाख २०८१, बिहीबार

नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ६ । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको छ ।
दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो ।
नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दलित अधिकारकर्मीहरुको दाबी छ ।
भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गर्नुभयो । उहाँले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाशील रहेको बताउँदै उहाँले समुदायका सबै जातजाती, बर्ग, लिंग र सम्प्रदायको लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । अध्यक्ष शाहले दलित निगरानी केन्द्रलाई मजबुत बनाउन गाउँपालिकाको कृषि शाखामार्फत् एम्बुलेन्स प्रदान गर्ने घोषणा समेत गर्नुभयो । अध्यक्ष शाहले गरिब विपन्न दलित समुदायका बालबालिकाका लागि विद्यालय पोशाक उपलब्ध गराउने बताउनुभयो ।
नरैनापुरका कांग्रेस नेता रामचन्द्र मौर्यले शिक्षा विना दलित समुदायको उत्थान सम्भव नभएकाले शिक्षामा जोड दिन आग्रह गर्नुभयो । दलित महासंघका पूर्व केन्द्रिय अध्यक्ष गजाधर सुनारले विभेद अन्त्य गरेर सामाजिक विकासका लागि हातेमालो जरुरी रहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दलित समुदायमा साक्षरता जरुरी रहेको बताउँदै छोराछोरीलाई स्कुल पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले निःशुल्क बस सञ्चालन गरेर बालबालिकालाई पढाईमा केन्द्रित गर्न हरसम्भव प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, दिपेन्द्र प्राविका प्रधानाध्यापक दुर्गाप्रसाद श्रीवास्तव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर विक, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादव, भारतीय अतिथि देवधर शास्त्री, रेडियो प्रतिवोधका अध्यक्ष बुद्ध सुनार, दलित मुक्त जागरण अभियान बाँकेका सचिव रामबालक पासवान, दलित एकता सञ्जाल नरैनापुरका अध्यक्ष नरेश चमारले मन्तब्य व्यक्त गरेका थिए ।
दलित संघर्ष समिति नरैनापुरका संयोजक मोलहे आर्य धोवीको अध्यक्षतामा भएको कार्यक्रममा धोबीलाई गाउँपालिकाका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भवनको चाँबी हस्तान्तरण गरेको दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *