११ बैशाख २०८१, मंगलवार

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालद्धारा एमाले परित्याग गरेको घोषणा

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालद्धारा एमाले परित्याग गरेको घोषणा

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, १४ मंसिर । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले एमाले परित्याग गरेको घोषणा गर्दै त्यसपछि स्वतन्त्र रहने जानकारी सार्वजनिक गरेका छन् । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनमा एमालेबाट केन्द्रीय सदस्यमा निर्वाचितहरु प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उपसचिव धितालले एमाले परित्याग गरेर स्वतन्त्र बस्ने र व्यापार गर्ने घोषणा गरेका छन् ।
धितालले भन्नुभयो, ‘अब एमाले नरहने निधो गरे, राजनीति छाडेर व्यापारी मात्रै रहन्छु ।’ सो घोषणा र जानकारी उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ ।

यातायात व्यवसायमा संलग्न उहाँले व्यवसायलाई प्राथमिकता दिने निधो गरेको जनाउनु भएको छ । उहाँलाई यसअघि नेकपा एमालेको सरकारका पाला भेरी अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको थियो । आफुलाई नहटाएमा अस्पताल विकास समितिको जिम्मेवारीमा रहेर विरामीको सेवा गरि रहने उहाँले बताउनु भयो ।
सामाजिक सञ्जाल मार्फत धितालले श्रीमति विजया धिताललाई लेखा समितिमा नजान दिएको सुझाव नमानेको भन्दै असन्तुष्टि पनि सार्वजनिक गर्नुभएको छ । युवा नेतृ धिताल केन्द्रीय सदस्यको आकांक्षी रहेपनि नेतृत्व पंक्तिले लेखा समितिमा राखेर व्यवस्थापन गरेपछि उहाँले श्रीमतिप्रति पनि असन्तुष्टि पोख्नु भएको हो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

नेता धितालको असन्तुष्टि योग्यता नपुगेकाहरुलाई केन्द्रीय समितिमा पु¥याएको भन्ने छ । धितालको एमाले परित्यागलाई बाँकेमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टी बाँकेका एक जिम्मेवार नेताले सो बारेमा प्रतिक्रिया दिंदै एमाले छाड्ने क्रम यसरी नै बढ्दै जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
25
+1
0
+1
3
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *