१२ बैशाख २०८१, बुधबार

नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ५ । नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार बुधबार नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभाका सांसद आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्दबहादुर चन्दलाई अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

अस्पताल बिकास समितिका सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसीमणी केसी लगायतका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा एन्टिजेन किट्स – २ बकस, अक्सिजन सिलिन्डर ठूलो – १ थान, मास्क – १५ प्याकेट, पिपिइ – १० सेट, पल्स अक्सिमिटर १२ थान रहेको अस्पतालले जनाएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमण फेरी बृद्धि हुँदै गएपछि अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष खरेलले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *