७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा रामनारायण ममोरियल मधुमेह उपचार केन्द्र सञ्चालनमा ल्याईंदै

नेपालगञ्जमा रामनारायण ममोरियल मधुमेह उपचार केन्द्र सञ्चालनमा ल्याईंदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । नेपालगञ्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको छ । बाँकेमा लायन्सवाद स्थापनाका अगुवा, स्वर्गीय रामनारायण श्रेष्ठको स्मृतिमा उहाँकै परिवारको अग्रसरतामा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको हो ।
रामनारायण श्रेष्ठ, लायन्स क्लब अफ नेपालगञ्जका संस्थापक हुन् । उहाँको निधन भएको प्रथम वार्षिकी पारेर छोरा राजेशनारायण श्रेष्ठले रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र घोषणा गर्नुभएको छ। त्यसका लागि प्रारम्भिक १५ लाख रुपिया श्रेष्ठले प्रदान गर्नु भएको जानकारी दिंदै लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का संस्थापक गभर्नर शेमराज शाक्यको संयोजकत्वमा सेवा केन्द्रले आवश्यक काम गरिरहेको बताउनुभयो ।
लायन्स क्लब अफ नेपालगञ्जले सञ्चालन गरिरहेको लायन्स डेन्टल अस्पताल परिसरमा रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले आवश्यक उपकरण सहितको उपचार सेवा सञ्चालनका लागि प्रक्रिया अगाडी बढाएको छ ।

टेन्डर प्रक्रिया अगाडी बढिसकेको जनाउँदै संयोजक शाक्यले अत्याधुनिक उपकरण सहित क्याबिन, शैयाको व्यवस्थापन डेन्टल अस्पतालकै माथिल्लो तलामा बनाउन लागिएको बताउनुभयो । शाक्यका अनुसार, लायन्स लिडर श्यामकुमार शर्मा, यज्ञप्रताप राणा, हरि प्रसाईंलगायतले उपकरण लगायतमा सहयोग गर्नुभएको छ ।
रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले यस क्षेत्रका मधुमेश विरामीहरुका लागि उपचारमा योगदान पुरयाउने विश्वास व्यक्त गरिएको छ । रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले मधुमेहका क्षेत्रमा विशेषज्ञ सेवाको लक्ष लिएको छ । ‘
उद्योगपति स्वर्गिय रामनारायण श्रेष्ठको अध्यक्षतामा १९९७ मा लायन्स क्लब अफ नेपालगञ्ज स्थापना भएको थियो । क्लबकै अगुवाइमा लाइन्सकर्मीहरुले नेपालगञ्जको खजुरारोडमा लायन्स डेन्टल अस्पतालका लागि १० कठ्ठा जग्गाको व्यवस्थापनसँगै लायन्स क्लब अफ नेपालगञ्जले लायन्स डेन्टल अस्पताल सञ्चालन गरिरहेको छ । सोही परिसरमा रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र स्थापना गरि मधुमेहका बिरामीहरुलाई सहुलियत सेवा प्रदान गर्न लागिएको हो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *