१२ बैशाख २०८१, बुधबार

नेपालगञ्जका स्वास्थ्य संस्थाहरुकालागि फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

नेपालगञ्जका स्वास्थ्य संस्थाहरुकालागि फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

समाचारदाता
नेपालगञ्ज, फागुन ११ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जी.आई.जेड नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य संसथाहरुकालागि स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ ।
सो अभिमुखिकरण कार्यक्रम उपमहानगरपालिकाका निजि अस्पताल, क्लिनिक, प्रयोगशाला, औषधी पसलहरुकालागि फागुन १० गतेदेखि १२ गतेसम्म यहाँ सञ्चालन भैरहेको छ । उक्त तालिममा फोहोरको वर्गिकरण, उपचार तथा विसर्जन बारे प्रशिक्षण दिइंदैछ ।

सो अभिमुखिकरण तथा तालिमले उपमहानगरपालिकाद्धारा सञ्चालन भैरहेको स्वास्थ्यजन्य फोहोरमैला एकिकृत व्यवस्थापन केन्द्रको सञ्चालन र व्यवस्थापनमा पनि सहजता हुने आशा गरिएको छ । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन आफ्नो प्राथमिकता रहेको र यस कार्यमा जी.आई.जेड नेपालले गरेको सहकार्य प्रशन्सनिय रहेको बताउनु भयो ।
उहाँले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन नेपालगञ्जका लागि चुनौतीको रुपमा रहेको जनाउँदै सबैको सहयोग र सहकार्यले व्यवस्थापन सहज हुँदै गएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाश डि.सी., जी.आई.जेड नेपालका क्षेत्रीय संयोजक सुभाष नेपाल, जी.आई.जेड नेपालका कन्सल्ट्यान्ट दिपेन्द्र उप्रेति, फिल्ड संयोजक गंगा बहादुर खत्री तथा एमडीएम फ्रान्सका जनस्वास्थ्य अधिकारी गणेश कार्कीले गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *