१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जको न्युरोडमा बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

नेपालगञ्जको न्युरोडमा  बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

समाचारदाता
नेपालगञ्ज, १५ भदौ । गत केही दिनयता नेपालगञ्नजमा बाँदरको एक हुलले आतंक मच्चाउदै आएको छ । नेपालगञ्जको न्युरोड, ईदगाह रोड लगायतका घरहरुमा पसेर सामान तोडफोड गर्ने बालबालिकामाथि झपटने जस्ता कार्य उनिहरुले गर्दै आएका छन् । सोही क्रममा बुधवार बिहानै न्युरोडको एक घरमा पसेर बाँदरको एक हुलले तोडफोड गरि आतंक मच्चाएको छ । बुधबार बिहान करीब ७ बजेतिर नेपालगन्जको न्युरोडस्थित शैजी खान बस्ने घरको तेस्रो तल्लाको फ्लयाटमा पसेर बाँदरको एकहुलले तोडफोड गरेर आतंक मच्चाएको खानले बताउनुभयो ।
खानका अनुसार बाँदरको एक हुलले एक्कासि घरभित्र पसेर इन्टरनेट राउटरको तार, काँचको भाडा र बिस्तारामा दिसापिसाब गरी सरसामानहरू तोड्फोड गरेर आतंक मच्चाएका थिए। बाँदरको यस्तो आतंकले गर्दा घरकाभित्र रहेका महिला, बच्चा लगायतका मानिसहरू समेत आतन्कित बनेको उहाँले बताउनुभयो ।
बिगत केही दिनदेखि नेपालगन्जमा बाँदरको आतंकले गर्दा स्थानीयहरू चिन्तित बनेका छन । यसरी दिनदिनै बाँदरको आतंक बढ्दै जाँदा स्थानीयबासीका लागि गम्भिर विषय हो । बाँदरको आतंकले गर्दा न्यूरोडमा बस्ने बिशेषगरी बुढापाका र बच्चाहरुले समेत सतर्क हुनु अवश्यक छ । समयमै नेपालगन्ज उपमहानगरपालिका तथा सम्बन्धित निकायको ध्यान त्यसतर्फ जान जरूरी रहेको नगरवासीको माग छ ।
जयसपुर क्षेत्रमा रहेका बाँदरहरु नेपालगञजमा पस्न थालेका छन् । उनिहरुले नै आतंक मच्चाईरहेको पाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *