७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम गरेर आफ्नो कार्ययोजना तथा कार्यक्रमलाई सार्वजनिक गरेको छ ।
गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आफुले तयार गरेको कार्ययोजना सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरेको हो ।
माओवादी केन्द्र नेपालगञ्जका नगर अध्यक्ष रतन शाहीले पार्टीले आगामी दिनमा गरिने कार्ययोजना तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै नगरको समग्र विकास र सामाजिक सद्भाव तथा सहिसुष्णताका लागि निरन्तर खटिने बताउनुभयो ।
शाहीले प्रस्तुत गरेको कार्ययोजनामा नेपालगन्जको समग्र विकास र जनताका जनजिविकाको साझा सवालमा अन्य सबै राजनैतिक पार्टीहरुसङ्ग सहकार्य गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने, महान जनयुद्ध, ऐतिहासिक १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, जनजाति तथा महिला आन्दोलनको जगमा स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं सहभागितामुलक लोकतन्त्र रक्षाका लागि सधै संघर्षरत रहने उल्लेख गरिएको छ ।
यसैगरि उपमहानगरपालिका भित्र बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय एवं धर्म सम्प्रदायको बसोबास भएकोले यहाँको सामाजिक सद्भाव तथा सहिसुष्णता कायम गर्ने, आगामी स्थानीय निर्वाचन केन्द्रित कार्यक्रमको क्यालेन्डर बनाएर व्यापक प्रभावकारी बनाउने र महान जनयुद्धका घाइते, अपांग तथा सहिद परिवार बेपत्ता परिवारलाई भेटघाट एवं उच्च सम्मान गर्ने कार्ययोजना तयार पारिएको अध्यक्ष शाहीले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज इन्चार्ज अकलबहादुर बम, नगर पुर्व अध्यक्ष डिल्ली बराल, ताराप्रसाद खत्री र वसन्त मल्ल, सचिव प्रेमबहादुर शाह, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *