१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जपाटीको आकलन सही साबित, सभापतिमा गौडेल विजयी

नेपालगञ्जपाटीको आकलन सही साबित, सभापतिमा गौडेल विजयी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । पहिलो चरणको परिणाम सार्वजनिक भएलगत्तै नेपालगञ्जपाटी डटकमले दोस्रो चरणमा नारायण प्रसाद गौडेलको विजयी हुने संभावना धेरै रहेको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा दोस्रो चरणको समिकरण परिवर्तन हुने समेत जनाईएको थियो । उक्त समाचारलाई लिएर कतिपयले हावा कुरा भनेर खिल्ली समेत उडाएका थिए । तर, अन्तत सोही समाचार सही साबित हुन पुगेको छ ।
शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल सभापतिमा निर्वाचित हुनु भएको छ भने कुर्मीले ९७ मतले पराजित हुनु परेको छ । सुरेन्द्र हमाल र उहाँको समुहले गौडेललाई समर्थन गरेपछि गौडेल विजयी हुनुभएको हो । सो बाहेक अन्य विभिन्न कारणले पनि कुर्मीको पराजय भएको हो ।

शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल ७६० मत ल्याएर बादशाह कुर्मीलाई ९७ मतको अन्तरले पराजित गर्नु भएको हो । भर्खरै सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्षका गौडेलले ७६० मत प्राप्त गर्नुभयो भने संस्थापन पक्षका कुर्मीले ६६३ मत प्राप्त गर्नुभयो ।
पहिलो चरणमा उम्मेदवार रहनुभएका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेकाले दोस्रो चरणको मतदान गराईएको निर्वाचन परिचालन समितिले जनाएको छ । शुक्रवार भएको दोस्रो चरणको मतदानमा कुल १४ सय ९३ मतादातामा १४ सय ३९ जनाले मतदान गरेका थिए भने १६ मत बदर भएको थियो ।
सभापतिको विहिबार भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो हुनु भएको थियो भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्नु भएको थियो ।
दोस्रो चरणमा प्रतिस्पर्धाबाट बाहिरिनु भएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै आफ्ना मतदातालाई गौडेललाई भोट दिन शुक्रवार आह्वान गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *