१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जमा अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट सञ्चालनमा आयो

नेपालगञ्जमा अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट सञ्चालनमा आयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । वेस्टर्न बिजनेश ग्रुपको लगानीमा नेपालगञ्जमा निर्माण गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट मंगलवारदेखि सञ्चालनमा आएको छ । दिपावलीको धनतेरसको अवसर पारेर सो मार्टको शुभारम्भ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलसम्शेर राणाले एक औपचारिक कार्यक्रमका विच सो मार्टको उद्घाटन गर्नुभयो ।
सो अवसरमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वेष्टर्न विजनेश ग्रुपका अध्यक्ष सन्जय थापा, विभिन्न उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

वेस्टर्न बिजनेश ग्रुपको लगानीमा तयार गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मल भित्र सो मार्ट सञ्चालनमा ल्याइएको छ । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेत रोडस्थित वस्टर्न मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफुल, भाडाँकुडा, टेलिभिजन, मोबाईल फोन, बिभिन्न बिद्युतीय सामान लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु सहितका सामान सुपथ मुल्यमा उपलब्ध गराइने सञ्चालकहरुले बताएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

उक्त मार्टमा सुपथ मुल्यमा गुणस्तरिय सामान उपलब्ध हुने र ग्राहकले एकै ठाँउमा सबै समानहरु पाउने छन् । जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाँउ जाने समय र मोलमोलाई गर्ने झण्झट समेत हट्ने विश्वास गरिएको छ ।
मार्टमा खरिद गर्दा बिभिन्न किसिमका छुट योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेतालाई गोलाप्रथाबाट उपहार दिइने ब्यवस्था समेत मिलाइएको छ । उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *