१२ बैशाख २०८१, बुधबार

नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनले शनिवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनले शनिवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

समाचारदाता
नेपालगञ्ज, पुस १४ । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको आयोजनामा नेपालगञ्जमा यही पुस १६ गते शनिवारका दिन एक निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ । सो जानकारी गराउँदै नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक जहाँगिर सैयदले स्वास्थ्य परिक्षण कार्यक्रमबाट लाभ उठाउन सबैलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रम संयोजक सैयदले दिनु भएको जानकारी अनुसार सो कार्यक्रम शनिवार दिउँसो २ बजेदेखि ४ बजेसम्म वडा नम्बर ८ तांगास्टेशन नजिकको किन्नुराम काशिराम कसौधन वैश्य पंचायती धर्मशालामा सञ्चलन गरिने छ ।

सो निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा जनरल फिजिशियन, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी र छाला रोगका विशेषज्ञ चिकित्सकहरुले निशुल्क स्वास्थ्य परीक्षण गर्नु हुनेछ भने औषधी समेत निशुल्क वितरण हुनेछ । सो कार्यक्रममा हाडजोर्नी, नशा मेरुदण्ड तथा बाथ रोग विशेषज्ञ डा. सैयद सद्दाम, छाला तथा यौन रोग विशेषज्ञ डा. अनिशा उप्रेती, फिजिशियन डा. सलमान निजाम, नाक कान घाँटी रोग विशेषज्ञ डा. गौरव सुवेदीले बिरामीको परीक्षण गर्नु हुने कार्यक्रमका संयोजक जहाँगिर सैयदले बताउनुभयो । सो अवसरमा चिरायु डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टरले निशुल्क प्याथालोजि सेवा उपलब्ध गराउने संयोजक सैयदले बताउनुभयो ।
चिसोको मौसमममा विभिन्न रोगले मानिसलाई सताउने भएकोले सोही कुारलाई लक्षित गरेर यो निशुल्क स्वास्थ्य कार्यक्रमको आयोजना गरिएको नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *