१२ बैशाख २०८१, बुधबार

नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

समाचारदाता
नेपालगञ्ज, ७ मङ्सिर । बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन बिरुद्धको रणनिति तयार गरिरहेको छ । सो का लागि क्लबले गठन गरिएका मानव बेचविखन विरुद्धका स्थानीय समिति र बाल अधिकार समिति लाई दुई दिने सबलीकरण तालिमका् आयोजना गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको हो ।
दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनितिक योजना निर्माण गर्नका लागि पनि सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख शोभा शाहले मानवबेचविखन रोकथामका लागि समाजमा जनचेतना फैलाएर सबै वर्गको सहयोग लिईए मात्र रोकथाम गर्न सकिने बताउनुभयो ।
सो कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्काको पनि सहभागिता रहेको थियो । मानवबेचविखन रोक्न सबैले मिलेर एक संयुक्त कार्ययोजना बनाई सोही बमोजिम काम गर्नु पर्नेमा सहभागिहरुको जोड थियो ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *