१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

११ महिनादेखि भत्ता र चार महिनादेखि तलब नपाएको गुनासो
सिराज खान
नेपालगञ्ज, जेठ १३ । चार महिनादेखि तलव र एघार महिनादेखि भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको आन्दोलन जारी रहेको छ ।
विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रवार पनि आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको पहिलो दिन विहीबार चिकित्सकहरुले अस्पताल प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रवार पनि सो धर्नालाई जारी राखेका हुन् ।
एघार महिनादेखि भत्ता नपाएको र चार महिनाको तलब नपाएकोले सो माग गर्दै गत दुई दिनदेखि हातमा कालो पट्टी बाँधेर अस्पताल प्रशासन कार्यालय अगाडी धर्ना बस्दै आएको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो ।
उहाँले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि हाललाई आन्दोलन जारी राखिएको जनाउँदै अस्पताल प्रशासनले सुनुवाई नगरेर बेवास्ता गरेमा बाध्य भएर काम नै रोक्नु पर्ने अवस्था आउन सक्ने बताउनुभयो ।


‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष डा महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’
नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा करिब डेढसय बढी जना चिकित्सक कार्यरत हुनुहुन्छ । उहाँहरुले लामो समयदेखि तलवभत्ता नपाएपछि हाल आएर बाध्य भै आन्दोलन गर्नु परेको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषदका सचिव डा अरुण महतको भनाइ छ ।
सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले परिषद्को आन्दोलनमा आफुहरुको पूर्ण साथ रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष समेत रहनुभएका प्रमुख मल्लले अस्पताल प्रशासनले आन्दोलनलाई गम्भीरतापूर्वक लिएर तत्काल निकास निकाल्नु पर्ने बताउनुभयो ।
चिकित्सकहरुको आन्दोलनका कार्यक्रम अन्तर्गत विहीबार र शुक्रबार हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने र माग सम्वोधन नभए जेठ १६ गतेदेखि आंशीकरुपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।
उता, अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलवभत्ता दिन गाह्रो भइरहेको जनाउँदै आगामी साउन अघि दिन नसकिने जनाएको छ ।
शिक्षण अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिलेपनि अस्पतालमा परिरहेकाले आर्थिक समस्याका कारण समयमा तलवभत्ता दिन नसकिएको बताउनुभयो । उहाँले चिकित्सकहरुसंग संवाद गर्ने कार्य भैरहेको जनाउँदै एक दुई दिनमै निकास निस्कने विश्वास पनि गर्नुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *