१५ चैत्र २०८०, बिहीबार

नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

सिराज खान
मटेहिया (नरैनापुर), चैत १४ । केही समय अघिसम्म सरकारको पहुँचदेखि जनताको सेवासुविधासम्म हरेक दृष्टिकोणले बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुर गाउँपालिकालाई एक भव्य समारोहकाविच सोमवार साक्षर पालिका घोषणा गरिएको छ ।
नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकालाई उछिनेर नरैनापुरले आफुलाई जिल्लाको छैंठौ साक्षर पालिका घोषणा गर्दै गर्दा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भावुक हुँदै आफ्नो वर्षौदेखिको सपना पुरा भएको प्रतिक्रिया दिनुभयो ।
मटेहियास्थित महेन्द्र माविमा आयोजित उत्साहजनक समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले पालिकालाई साक्षर घोषणा गर्दै साक्षर गरिएको प्रमाणपत्र पालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा भेला भएका पालिका भरिका प्रधानाध्यापक, शिक्षक, अभिभावक र शिक्षापे्रमीलाई सम्बोधन गर्दै जिससका प्रमुख श्रीवास्तवले केही समय अघिसम्म हरेक क्षेत्रमा पिछिडिएको मानिने यस पालिकालाई साक्षर घोषणा गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।


सो अवसरमा बोल्ने नेकपा एमालेका जिल्ला कमिटि सदस्य सोहन लाल यादव, काँग्रेसबाट वडा नम्बर ३ मा निर्वाचित वडा अध्यक्ष राजकुमार मौर्य लगायतका स्थानीय नेताहरुले पनि पालिकाले यो ऐतिहासिक कार्य गरेको जनाउँदै यसमा सबैको सहयोग र सदभाव रहेको बताएका थिए ।
उनिहरुले अब देशको कुनैपनि ठाउँमा जाँदा शिर ठाडो पारेर साक्षर पालिकाको नागरिक भन्ने पाउने गौरव हासिल गरेको पनि बताएका थिए ।
गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले साक्षर घोषणा हुनु यो पालिकाका लागि एतिहासिक अवसर भएको बताउँदै सबैलाई बधाई दिनुभयो ।
त्यसैगरी, शिक्षा बिकाश तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेशप्रसाद शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य र ६ का अध्यक्ष बिरेन्द्र पाल सिंह लगायतको पनि सो अवसरमा उपस्थिति रहेको थियो । सो अवसरमा साक्षर बनाउन सहयोग गर्ने पत्रकारहरुलाई कदरपत्रसहित सम्मान पनि गरिएको थियो ।
यसअघि, गाउँपालिकालाई साक्षर बनाउनकालागि पालिकाले ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरेको सो अवसरमा जनाईएको थियो ।
साक्षर गाउँपालिका घोषणा प्रतिवेदन २०७८ वाचन गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले नरैनापुरमा ९ हजार ५१८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । गत पुसमै साक्षर गाउँपालिका घोषणा गर्ने तयारी भएपनि प्राविधिक कारणले केही ढिलाइ भएको शिक्षा शाखा प्रमुख थारुले बताउनुभयो ।
बाँकेका स्थानीय तहहरुमा नरैनापुर साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह हो । बाँकेका आठ वटा स्थानीय तहमध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् । जिल्लामा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्रै साक्षर घोषणा हुन बाँकी रहेका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *