१५ चैत्र २०८०, बिहीबार

नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १२ । विगत लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर निरन्तर सक्रियतापुर्वक जनता र पार्टीको काम गर्दै आउनु भएकी कल्पना शर्माले नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
पार्टीको तर्फबाट खटिएर दिनरात जनताको सेवासंगै संगठन निर्माणको काम समेत गर्दै आउनु भएकी शर्मालाई अन्तिममा आएर माओवादी केन्द्रले टिकट नदिएपछि स्थानीय वासिन्दाको दवावका कारण बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।
नेपालगञ्जको उद्योगी व्यवसायीविच अत्याधिक लोकप्रिय रहनु भएकी नेतृ शर्माले स्थानीयको चर्काे दवावका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले टिकट वितरणमा आफुसंग मात्र नभई धेरैजनासंग अन्याय भएको जनाउँदै पार्टीको यस्तो निर्णयले नेपालगञ्जमा माओवादीलाई ठुलो क्षति भएको बताउनुभयो ।
वडावासीको सदासयता र आत्मियताका कारण आफुले उम्मेदवारी दिएको र जितेर देखाउने समेत उहाँले दावी गर्नुभयो । यसअघि उहाँले शुरुमै रमजानको रोजा अफ्तार कार्यक्रम समेत आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा पनि ठुलो संख्यामा वडावासीको उपस्थिति रहेको थियो ।
नेतृ शर्माले वडावासीको कामका लागि रातदिन नभनि खटिने गरेकोले आफुहरुले दवाव दिएर उम्मेदवार बनाएको स्थानीयको भनाई छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *