१२ बैशाख २०८१, बुधबार

नेपालगञ्ज १८ का वडा अध्यक्ष बर्माद्धारा सफाई कर्मचारीमाथि हातपात

नेपालगञ्ज १८ का वडा अध्यक्ष बर्माद्धारा सफाई कर्मचारीमाथि हातपात

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका छन् ।
वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तीन कर्मचारीसंग विवाद भएपछि अध्यक्ष बर्माले कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप थियो ।
सरसफाई कर्मचारीमाथि अनावश्यक रुपमा हातपात गरेको भन्दै कर्मचारीहरुले उपमहानगरपालिकामा गएर नाराजुलुस गरेका थिए । उनिहरुले अध्यक्ष बर्मामाथि कारवाहीको माग गर्दै धेरैबेरसम्म नाराबाजी गरेका थिए ।
तर, पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, अन्य कर्मचारी र सरसफाई शाखाका कर्मचारीले बैठक गरेर सो विवादलाई मिलाएको बताईएको छ ।
सफाइको काम गराउने विषयमा सरसफाई कर्मचारीसंग अध्यक्षको विवाद भएको जनाउँदै दुबै पक्षले आआफ्नो गल्ती तथा कमीकमजोरी मानेपछि मेलमिलाप गराईएको अधिकृत बस्नेतले बताउनुभयो ।
अध्यक्ष बर्माले सफाई कर्मचारीमाथि अनावश्यक रुवाफ लगाउने गरेको कर्मचारीले बताएका छन् । अध्यक्ष बर्माले गलती स्विकारेर भविष्यमा नगर्ने प्रतिवद्धता जनाएपछि विवाद साम्य भएको कर्मचारीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
9
+1
1
+1
3
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *