१६ चैत्र २०८०, शुक्रबार

नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवारहरु घोषणा गरिएको हो ।
गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेको बताउनुभयो ।
यस्तै कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेको उहाँले घोषणा गर्नुभयो ।
सोही प्रकारले नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्यमा विमलादेवी तमौली, जानकी गाउँपालिकाबाट खुला सदस्यमा रामचन्द्र गुप्ता तथा महिला सदस्यमा सुनिता कुमारी आले र बैजनाथ गाउँपालिकाबाट खुला सदस्यमा डिलबहादुर बुढा र महिला सदस्यमा कोपिला शर्मा रहेका छन् । उक्त प्यानलले नरैनापुर गाउँपालिकासहित अन्य सदस्य पदमा अझै नाम टुंगो लगाउन बाँकी रहेको जनाईएको छ ।
संस्थापन इतर शेखर कोइराला पक्षको उक्त प्यानलले सभापतिसहित पदाधिकारीको घोषणा गत पुस १९ गते गरेको थियो । जस अनुसार सभापतिमा गौडेलसहित उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधान्सु कोइराला र टंकप्रसाद काफ्ले आशिष तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार हुनुहुन्छ ।
पार्टी कार्यालयमा सोमबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, सभापति पदका उम्मेदवार गौडेल, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी लगायतले आफुहरुको जित निश्चित भइसकेको बताउनुभयो ।
संस्थापन देउवा प्यानलले भने अझै उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । उक्त प्यानलभित्र सभापतिसहित पदाधिकारी र सदस्यमा धेरै ब्यक्ति आकांक्षी देखिएकाले घोषणा गर्न नसकिएको बताइएको छ । पटक पटक सर्दै आएको कांग्रेस बाँकेको निर्वाचन पछिल्लो पटक यही फागनु १५ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *