८ बैशाख २०८१, शनिबार

नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले नेपाली सेनाको भैरब प्रसाद गणले बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
लायन्स क्लब खजुरा र नेपालगन्ज मेडिकल कलेजसँग सहकार्य गरेर सेनाले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताउनुभयो । उहाँले सो शिविरबाट करिब ९ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएर लाभ पाएको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।
शिविरमा उपचारका लागि आएका अधिकांश बिरामीमा स्वास प्रश्वास, दम, आँखा, नाक, छाला र पेट रोग सम्बन्धी समस्या देखिएको चिकित्सिकहरुले जनाएका छन् । शिबिरमा स्त्रीरोग, जनरल मेडिसिन, आँखा र कान, हाडजोर्नी, छाला सम्बन्धी समस्या भएका करिब ८ सय ९६ स्थानीय बासिन्दाहरुले स्बास्थ्य परीक्षण गराएका थिए ।
शिबिरमा आएका बिरामीहरु मध्य जटिल स्वास्थ्य समस्या भएका र शल्यक्रिया गराउन पर्ने २९५ जना बिरामीलाई नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २५ प्रतिशत छुट दिएर थप उपचार गर्ने ब्यवस्था मिलाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *