१६ चैत्र २०८०, शुक्रबार

नेपाल–भारत जमुनाहा नाका सोमवार विहानसम्मका लागि पुर्ण रुपमा बन्द गरियो

नेपाल–भारत जमुनाहा नाका सोमवार विहानसम्मका लागि पुर्ण रुपमा बन्द गरियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १३ । शुक्रवार बेलुका ६ बजेदेखि यहाँस्थित नेपाल भारत जमुनाह नाका ६० घण्टाका लागि पुर्ण रुपमा बन्द गरिएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीको बहराइच, श्रावस्ती लगायतका जिल्लामा आइतवार विधानसभाको निर्वाचन रहेकोले सुरक्षा दृष्टिकोणले सो नाकालाई बन्द गरिएको दुबै देशका सुरक्षा अधिकारीले बताएका छन् ।
आइतवार फागुन १५ गते सीमावर्ति जिल्लामान निर्वाचन हुने भएको हुँदा शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीका अनुसार दुवै देशका सीमा सुरक्षा अधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर नाकामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नदिईएको बताउनुभयो । नाकामा सुरक्षा बढाएर गस्ती समेत बढाईएको एसपी अधिकारीले बताउनुभयो ।
मुख्य नाका लगायत जिल्लाकमा पर्ने अन्य सबै नाकाहरु पनि बन्द गरिएको जनाउँदै भारतीय प्रहरीको रुपैडिहा थानाले सबै नाकामा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेको जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच समेत कडा पारिएको भारतीय प्रहरी जनाएको छ ।
निर्वाचनलाई लक्षित गरेर केही दिन पहिलेदेखिनै नाकाको दुवैतर्फ नेपाल र भारतका सुरक्षा निकायले चेकजाँच कडा पार्नुका साथै आवागमन गर्नेहरुमाथि विशेष निगरानी बढाईएको जमुनाहा नाकाका प्रहरी प्रमुख सई मिन बहादुर विष्टले बताउनुभयो । उहाँले सीमानाको मूख्य नाका बाहेकका अन्य साइड नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *