१६ चैत्र २०८०, शुक्रबार

न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

सिराज खान
नेपालगञ्ज, चैत २३ गते । धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालिन अवतरण गरेको छ ।
सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालिन अवतरण गरेको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपातकालिन अवतरण गराईएको थियो ।
न्यायधिश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाण्डौका लागि फेरी उडेको प्रहरीले जनाएको छ ।
विमानस्थलको भिआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधिश बमको स्वास्थ्य अवस्था सामान्य बनेपछि नेपालगञ्जस्थित एक जना आफन्तको घरमा उहाँले आराम गरिरहनु भएको जनाईएको छ । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *