१२ बैशाख २०८१, बुधबार

पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

निजि अस्पताल खुल्ने क्रम जारी, डेढ करोडमा केयर सिटी अस्पताल खुल्यो
नेपालगञ्ज पाटी न्युज
नेपालगञ्ज, कात्तिक ११ । पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगञ्ज विस्तारै मेडिकल हब बन्दै गएको छ ।
यस क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालले पुरै पश्चिम नेपालका विरामीलाई उपचार सेवा दिंदै आएपनि यहाँ एकपछि अर्को गरेर निजि अस्पताल खुल्ने क्रम पनि जारी नै रहेको छ ।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट रिफर गरेर विरामी यहाँ आउने भएकोले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरु खुल्दै गएका छन् ।
पछिल्लो पटक नेपालगञ्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाँउमा डेढ करोडको लागतमा सुविधा सम्पन्न केयर सिटि अस्पताल सञ्चालनमा आएको छ ।
सुदुरपश्चिम तथा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगञ्जमा केयर सिटि अस्पताल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको जनाईएको छ । नेपालगञ्ज वडा नम्बर १८ को बुद्धचोक भुजइगाँउमा रहेको सो अस्पतालमा २४ सै घण्टा जाँच तथा परामर्श सेवासमेत सुरु गरिएको अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा विष्णु कुमार थापाले बताउनु भयो ।
उहाँले नेपालगञ्जमा दिनदिनै विभिन्न जिल्लाबाट गुणस्तरीय स्वास्थ्य उपचारका लागि समग्र पश्चिम नेपालबाटै धेरै विरामी आउने गरेकोले यो अस्पताल सञ्चालनमा ल्याईएको बताउनुभयो ।


सो अस्पतालमा कन्सल्टेन्ट फिजिसियन डा दृष्टि शाह, नाक कान घाँटी विशेषज्ञ डा आनन्द कुमार झा, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा राजन महत, कन्सल्टेन्ट सर्जन डा सुरेश थापा लगायतका चिकित्सकहरुले विरामीको जाँच र उपचार गर्ने डा. थापाले बताउनुभयो ।
उहाँले अस्पतालमा फिजिसियन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटीलगायत रोगको उपचार सेवा प्रदान शुरु गरिएको जानकारी गराउनुभयो ।
अस्पतालले सस्तो र सुलभ रुपमा सेवा प्रदान गर्ने जानकारी गराउँदै डा. थापाले सम्पुर्ण स्वास्थ सम्बन्धि परीक्षणका लागि प्याथोलोजी, भिडियो रेक्सरे र फार्मेसी अस्पतालमै रहेको बताउनुभयो ।
यसअघि नेपालगञ्जमा भेरी अस्पतालसंगै मेडिकल कलेजको शिक्षण अस्पताल, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, सिटी अस्पताल, वैष्णवी अस्पताल, युनाईटेड अस्पताल, डा. गोपाल बहादुर श्रेष्ठको अस्पताल, डा. दुर्गा प्रसाद प्रधानको अस्पताल, जानकी अस्पताल र लाईफलाइन अस्पताल लगायत दर्जनौ निजि क्लिनिक र प्रयोगशाला तथा प्याथोलोजी सञ्चालनमा रहेका छन् ।
सोही प्रकारले कोहलपुरमा मेडिकल कलेजको ठुलो शिक्षण अस्पताल, कौशिल्या मेमोरियल अस्पताल तथा खजुरामा सुशिल कोइराला क्यान्सर अस्पताल पनि सञ्चालनमा रहेका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *