६ चैत्र २०८०, मंगलवार

पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

नेपालगञ्जमा एकैदिन चार वडा प्रचार कार्यालयको उदघाटन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरसहित बाँकेका चारवटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले प्र्रचार प्रसारलाई तिव्र पारेको छ ।
नेपाली काँग्रेस, माओवादी र एमाले लगायतका दलहरु उम्मेदवार छनोटमै व्यस्त रहेको बेला जसपाले वडा वडामा गएर भेला मार्फत प्रचार प्रसार कार्यालयहरु खोलेर जनसम्पर्कलाई तिव्र पारिसकेको छ ।
जसपाका केन्द्रिय नेता बाँके क्षेत्र नम्बर २ का संघीय सांसद र पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले तयार पार्नु भएको अक्रामक निर्वाचन रणनितिलाई सिंगो जिल्ला पार्टीले आत्मसात गरेर टोलटोलमा छिर्न थालेका छन् ।
पुर्वमन्त्री राईले तयार पार्नुभएको अक्रामक प्रचार रणनिति अनुसारनै जिल्लामा जसपाले प्रचार अभियानलाई अगाडी बढाएको छ ।


अन्य दलहरु उम्मेदवार कसलाई बनाउने भन्ने कसरतमा व्यस्त रहेको, नेता कार्यकर्ता उम्मेदवार बन्न तछाडमछाड गरिरहेको बेला जनता समाजवादी पार्टीले भने एक चरणको प्रचार अभियानलाई करिब करिब समाप्त गरिसकेको जिल्ला अध्यक्ष कमरुद्दीन राई बताउनुहुन्छ ।
उहाँले आफ्नो पार्टीले पहिलेनै उम्मेदवार छनोट गरेर घोषणा गरिसकेकोले उनिहरु प्रचार प्रसार र जनसम्पर्क अभियानमा लागि सकेको बताउनुभयो ।
सोही क्रममा नेपालगञ्जको वडा नम्बर २, ९, १५ र १७ मा पार्टीको वडा प्रचार प्रसार कार्यालयको शनिवार स्थापना गरिएको छ । ती चारवटै वडा कार्यालयको उदघाटन पुर्वमन्त्री ईश्तियाक राईले गर्नु भएको थियो ।
वडा प्रचार प्रसार कार्यालयहरुको उदघाटन गर्दै केन्द्रिय नेता तथा पुर्वमन्त्री राईले यस पटक नेपालगञ्जका सबै वडा जसपामय भएको जनाउँदै जसपाको स्थानीय सरकार बन्ने कुरामा कुनै पनि आशंका नरहेको बताउनुभयो ।
यसैगरि नेपालगञ्जबाट मेयरका उम्मेदवार कमरुद्दीन राईले यस पटक भोट दिएर नेता होइन सेवक चुन्न जनतासंग आग्रह गर्नुभएको छ ।
उहाँले आफु सधै जनताको सेवकका रुपमा प्रस्तुत हुने जनाउँदै भोट लिएर पटक पटक जनताको घरदैलोमा सुखदुख साट्न आउने बताउनुभयो ।
वडा नम्बर २ मा वाहिद हुसैन हलवाई, ९ मा शकिल ढपाली, वडा नम्बर १५ मा मदन विक्रम शाह र वडा नम्बर १७ मा मोहन लाल द्धिवेदी वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
उता, नेपाली काँग्रेस, एमाले र माओवदी केन्द्रले भने संभावित उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेर पठाएका छन् । केन्द्रबाट ती मध्ये एक एक जनाको नाम तय भएर आएपछि मात्रै उनिहरुले प्रचार प्रसारलाई तिव्रता दिनेछन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *