६ बैशाख २०८१, बिहीबार

पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

समाचारदाता
नेपालगञ्ज, कात्तिक ६ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई समर्थन गर्दै उहाँलाई विजयी बनाउन विभिन्न दलहरु परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ ।
माओवादी र काँग्रेसबाट धेरैजना नेता कार्यकर्ताले जसपा प्रवेश गरिरहेकै बेला शनिवार एमालेबाट वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार नफिस अन्सारी र एमालेका पुराना नेता लतिफ अन्सारीसहित दर्जनौ नेता कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् ।
सोही प्रकारले नेपाली काँग्रेस परित्याग गरेर उबेद कुरेशी र राप्रपा परित्याग गरेर सिखर ईराकीले पनि जसपामा प्रवेश गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवार बनेर थोडै मतको अन्तरले पराजित भै दोस्रो स्थानमा रहनु भएका नफिस र एमालेका पुराना नेता लतिफसहित काँग्रेसका उबेद र राप्रपाका सिखर लगायतलाई पुर्वमन्त्री राईले पार्टी प्रवेश गराए ।
सो अवसरमा राईले दिनदिनै जसपामा विभिन्न धर्म, समुदाय, बर्ग र क्षेत्रका महत्वपुर्ण व्यक्तिहरुले प्रवेश गरिरहेको हुँदा निर्वाचन एकपक्षीय हुने बताउनुभयो ।


पुर्वमन्त्री राईले बाँके क्षेत्र नम्बर २ का जनताका लागि गरेको बिकास निर्माणको कामबाट प्रभावित भएरनै आफुहरु जसपामा सामेल भै फेरी पनि राईलाई नै सांसदको जिम्मेवारी सुम्पने उदेश्य लिएको बताए ।
बाँकेका लागि राईजस्ता नेताको अतिनै आवश्यकता रहेको महसुस गरेर नै आफु लगायत धेरै नेता कार्यकर्ताले राईलाई समर्थन गर्न अगाडी बढेको प्रवेश गर्नेहरुले बताएका छन् ।
यसअघि शुक्रवार मात्रै नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव तथा सम्मानित व्यक्तित्व अजय टन्डनले जसपामा प्रवेश गर्नुभएको थियो भने केही दिन पहिले मात्र माओवादीबाट केन्द्रिय र प्रदेश सदस्यसहित दर्जनौ नेता कार्यकर्ता जसपामा सामेल भएका थिए ।
सोही प्रकारले काँग्रेस, राप्रपाका धेरै नेता कार्यकर्ताले पनि विभिन्न वडामा पार्टी प्रवेश गरेको जनता समाजवादी पार्टी बाँकेले जनाएको छ ।
जसपाको बृहत्त कार्यकर्ता भेला
यसैविच जनता समाजवादी पार्टीले क्षेत्र नम्बर २ को बृहत्त कार्यकर्ता भेला शनिवार आयोजना गरेको छ । करिब दुई हजार नेता कार्यकर्ताको सहभागिता रहेको सो कार्यकर्ता भेलामा पुर्वमन्त्री राई लगायतका वरिष्ठ नेताहरुले प्रशिक्षण दिएका थिए ।
सो भेलामा सहभागि अधिकांश कार्यकर्ता निकै उत्साहति देखिएका थिए । उनिहरुले निर्वाचन हुनुभन्दा पहिलेनै पुर्वमन्त्री राईको जित भैसकेको देखिने माहोल चारैतिर बनिसकेको बताएका थिए ।
भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले बिकास र भ्रष्टाचारका विषयमा बहस र छलफल गर्न विपक्षीहरुलाई चुनौती दिंदै विगतमा विभिन्न पदमा बसेकाले नेपालगञ्ज र वरिपरिका क्षेत्रको के काम गरे र ईश्तियाक राईले के काम गरे ? सो प्रश्न मत माग्न आउनेसंग सोध्न र तीनलाई जानकारी गराउन कार्यकर्तासंग आग्रह गरे ।
उनले जनताको समर्थन र सहयोग देखेर अन्य पार्टीका उम्मेदवार आत्तिएर अनापसनाप बोल्न थालेको पनि बताए । भेलामा हरेक वडाबाट हरेक धर्म सम्प्रदाय र वर्गका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *