१६ चैत्र २०८०, शुक्रबार

पुर्वमन्त्री राईद्धारा धम्बोझी उच्च माविमा चार कोठे भवनको शिलन्यास

पुर्वमन्त्री राईद्धारा धम्बोझी उच्च माविमा चार कोठे भवनको शिलन्यास

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले धम्बोझी उच्च माविलाई जिल्लाकै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले गर्न चाहेमा सरकारी विद्यालयले पनि निजि भन्दा राम्रो नतिजा दिनसक्छ भन्ने कुरा यो विद्यालयले प्रमाणित गरिदिएको बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे भवनको आइतवार शिलन्यास गर्दै पुर्वमन्त्री राईले सो बताउनुभएको हो ।
उहाँले नेपालगञ्जकै सबैभन्दा उत्कृष्ट सरकारी विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा कोठा निर्माण र शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा आफ्नो संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपियाँ प्रदान गरेको जनाउँदै भविष्यमा पनि सहयोग गरिराख्ने बताउनुभयो ।

सो अवसरमा विद्यालयको अवस्था, विद्यार्थिको चाप र कक्षा कोठाको अभावका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलराज उपाध्यायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा विद्यालयमा विद्यार्थिको चाप अत्याधिक रहेको र कक्षा कोठाको अभावसंगै भएका कोठा र भवन समेत जिर्ण भैसकेकोले रंगरोगन र मर्मत सम्भारको आवश्यकता समेत औंल्याईएको छ ।
उक्त अवसरमा सो उच्चमाविका प्रधानाध्यापक वामदेव सुवेदी, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, स्थानीय कर्ण बहादुर मल्ल लगायतले पनि विद्यालयको भौतिक पुर्वाधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य भगवति शाह, हरित अभियन्ता तथा कपास विकास समितिका अध्यक्ष हेमन्त काफ्ले, धन बहादुर चन्द र अमिर अहमद लगायत शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो ।
चालु आर्थिक वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने गरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवनको निर्माण शुरु भएको हो । सो उच्च माविमा करिब २ हजार ३०० विद्यार्थि रहरेका छन् भने ५५ जना शिक्षक र कर्मचारी रहेका छन् । उक्त माविमा मानविकी, व्यवस्थापन, कानुन र शिक्षा संकाय तथा विज्ञान र प्राविधिक धार को पढाई हुने गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *