१६ चैत्र २०८०, शुक्रबार

पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, बैशाख १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले अहिले शुरु भएको यो नयाँ वर्षमा देश र जिल्लाले विकासमा फड्को मारोस, सामाजिक र धार्मिक सदभाव कायम रहोस, सबैले रोजगारी र काम पाउन भन्दै त्यसका लागि सबै युवाले सचेत भएर लाग्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।
जेसीआई नेपालगञ्ज लगायतका संघसंस्थाले विहिबार नेपालगञ्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राईले अहिलेका कलिला युवा भोलीका कर्णधार भएको बताउँदै उहाँहरुनै भोली देश हाक्ने महत्वपुर्ण ठाउँहरुमा पुग्नु पर्ने शुभकामना पनि दिनुभयो ।

उहाँले मानवीय जिवनका लागि अतिनै महत्वपुर्ण मानिएको बृक्षारोपणमा प्रमुख अतिथि बनाएकोमा आभार प्रकट गर्दै नेपालगञ्जका हरित अभियानकर्ता हेमन्तराज काफ्लेको अभियानले आफु लगायत धेरैलाई प्रभावित बनाएको बताउनुभयो । दिनरात नभनि बृक्षारोपण अभियानमा खटिएका काफ्ले सबैका लागि प्रेरणाका श्रोत बनेको पनि उहाँले बताउनुभयो ।
आफुले धर्म र संस्कृतिको संरक्षणका लागि दर्जनौ मन्दिर, मस्जिद लगायतका धार्मिक स्थलहरुको जिर्णोद्धार गरेको उल्लेख गर्दै उहाँले धर्म संस्कृतिको संरक्षण र सम्वर्धनमा सधैं क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नयाँ वर्षको उपलक्ष्यमा धार्मिकस्थलमा गरिएको यस बृक्षारोपणले बाँकेमा मात्र नभई देशभरनै शितलता प्रदान गरोस भन्ने कामना गर्दै नयाँ वर्ष शुभकामना पनि दिनुभयो ।
सो अवसरमा उहाँले बृक्षारोपण पनि गर्नुभएको थियो । उक्त कार्यक्रम जेसिआइ नेपालगञ्ज, जुनियर जेसिस, कसौधन महिला मञ्च र कसौधन युवा मञ्चको संयुक्त आयोजनामा गरिएको थियो । सो अवसरमा हेमन्त काफ्ले लगायतले पनि बृक्षारोपणमा जोड दिनुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *