१३ बैशाख २०८१, बिहीबार

पुर्वमन्त्री राईद्धारा शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिवद्धता

पुर्वमन्त्री राईद्धारा शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिवद्धता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिएर आफुले निरन्तर काम गरिरहेको बताउनु भएको छ ।
नेपालगञ्ज १ स्थित धम्बोझी उच्च माविको निरिक्षण र अवलोकनका लागि सोमवार विद्यालयमा पुग्नु भएका पुर्वमन्त्री राईले धम्बोझी उच्च माविले सरकारी विद्यालयहरुको शान बढाउने काम गरेको जनाउँदै यस्ता विद्यालयलाई भरपुर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि संसदीय विकास कोषबाट विद्यालयको पुर्वाधार विकासका लागि ५० लाख रुपियाँ दिएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्ता विद्यालयलाई स्थानीय र प्रदेश सरकारले पनि विभिन्न सहयोग गर्नु पर्ने बताउँदै पुर्वमन्त्री राईले त्यसका लागि समेत आफुले पहल गर्ने जनाउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराज उपाध्याय र विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले विद्यालयको समग्र अवस्थाको बारेमा जानकारी गराउँदै राईको स्वागत गर्नुभएको थियो ।
विगतमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायले आगामी दिनमा पनि सहयोग र सुझावको आग्रह गर्नुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

उक्त अवसरमा विद्यालयका विद्यार्थिहरुले समेत पुर्वमन्त्री तथा सांसदको भव्य स्वागत गरेका थिए ।
उक्त अवसरमा राईले विद्यायलको कक्षा कोठादेखि सम्पुर्ण पुर्वाधारहरुको अवलोकन तथा निरिक्षण गर्नुका साथै तत्कालका लागि चाहिने आवश्यकताका सम्बन्धमा समेत जानकारी लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *