१२ बैशाख २०८१, बुधबार

पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा आज बाँके जिल्लामा आउँदै हुनुहुन्छ ।
वाईसिएल बाँकेले कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन नेकपाका प्रवक्ता महरा आउनु हुने जनाईएको छ ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलका अनुसार सो कार्यक्रमका साथसाथै प्रवक्ता महराले जिल्लाका अगुवा कार्यकर्ताहरुसंग पनि भेटघाट र छलफल गर्नु हुनेछ ।
कार्यक्रम कोहलपुरस्थित सहीद स्मृति सभागृहमा दिउँसो १ बजे राखिएको उहाँले बताउनुभयो ।
महाधिवेसनको तयारीमा जुटेको नेकपाको अहिले विभिन्न स्थानीय अधिवेसनहरुको तयारी भैरहेको बेला पार्टीका प्रवक्ता तथा नेताको भ्रमणले कार्यकर्तामा उत्साह थप्ने नेकपा बाँकेका इन्चार्ज तथा पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *