८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधिश विरुद्ध महाभियोग लगाउनु पर्छ–ईश्तियाक राई

प्रधानन्यायाधिश विरुद्ध महाभियोग लगाउनु पर्छ–ईश्तियाक राई

जयसिंह महरा
काठमाण्डौ, १८ कात्तिक । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईशितयाक राईले प्रधानन्यायाधीशले नैतिकताको आधारमा राजीनामा गर्न मान्नुभएन भने प्रतिपक्षले महाभियोगको प्रस्ताव संसद्मा ल्याउनुपर्ने बताउनु भएको छ। उहाँले प्रधानन्यायाधीशले न्यायालयको मानमर्दन हुनेगरी आचरणविपरीत कार्य गर्नुभएको जनाउँदै प्रधानन्यायाधीश पदमा पुगेपछि जे पनि बार्गेनिङ गर्न पाइन्छ भन्ने भइरहेकोले त्यो असतनै गम्भीर विषय हो भन्नुभयो।
यसले देशलाई नै खाडलमा पुर्‍याउँने हुँदा प्रधानन्यायाधिशले तुरुन्त राजीनामा दिनुपर्ने कुरामा पुर्वमन्त्री राईले जोड दिनुभयो ।
‘प्रतिपक्षले महाभियोग प्रस्ताव ल्याएमा म व्यक्तिगत रूपमा संसद्मा त्यो प्रस्तावको पक्षमा मत जाहेर गर्छु । यस्तो आचरणविपरीत कामको पक्षमा उभिन्न । महाभियोग ल्याउनका लागि म व्यक्ति सांसद वा मेरो पार्टीले मात्रै पहल गरेर केही हुनेवाला छैन । संवैधानिक प्रावधानअनुसार महाभियोग लगाउने सांसद संख्या हामीसँग छैन । यसको दायित्व एमाले, माओवादी र कांग्रेसमाथि आउँछ । उहाँहरूले अग्रसरता लिनुभयो भने हामीले भोट हाल्छौं । महाभियोगको प्रस्तावमा मतदान गर्दा ह्वीप पनि लाग्दैन । त्यसैले सांसदहरूले त्यसमा विवेक प्रयोग गर्छन् र म त्यसको पक्षमा मतदान गर्छु ।’–उहाँले भन्नुभयो ।
प्रधानन्यायाधीशले अमूक दलको, नेताको मुद्दालाई लिएर पार्टीको वैधानिकतासम्बन्धि विवाद, २० प्रतिशतको अध्यादेशवाला विवादलाई निहुँ बनाएर भागबण्डा खोज्नु भएको जनाउँदै उहाँले आफन्त र आफूनिकटकालाई नियुक्ति दिलाउनुभयो भन्ने सार्वजनिक भइसकेकोले प्रधानन्यायधिसले त्यो पदमा बसेर यो गर्नु गम्भीर आचरणविपरीत कार्य हो भन्नुभयो ।
अहिले हामीले यसलाई नियन्त्रण गरेनौं भने भविष्यमा झन् समस्या देखिन सक्ने र सर्वसाधारणले स्वच्छ न्याय नै नपाउने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।
पुर्वमन्त्री राईले थप्नुभयो–एउटा व्यक्तिको हठले देशलाई बन्धक राख्नु गलत हो । चोलेन्द्र शमशेर जबराको हठले देशलाई बन्धक राख्नु हुन्न । न्यायाधीशहरूको जुन अडान छ त्यो देश हितमा छ, न्यायालयको स्वच्छताको पक्षमा छ । न्यायालयको आचरणलाई बचाउने, जोगउने र निष्पक्षता कायम राख्नका लागि न्यायाधीशहरूले पहल लिनुभएको छ । कानुन व्यवसायीले अग्रसरता लिनुभएको छ ।
उहाँले यसमा राजनीतिक दलहरू पनि अगाडि आउनुपर्ने प्रष्ट पार्दै यो अवस्थामा पनि अगाडि नआउनु भनेको राजनीतिक दलहरूको निर्लज्जता र गैरजिम्मेवारी पन भएको बताउनुभयो । ( कान्तिपुर अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *