१६ चैत्र २०८०, शुक्रबार

प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

समाचारदाता
नेपालगञ्ज, माघ १२ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले प्रहरीले कुनै पनि काम गर्ने नाममा रकम मागेमा आफुलाई जानकारी गराउन आग्रह गर्दै जानकारी भएपछि कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले प्रहरीबाट हुने कमीकमजोरीलाई सुधार गर्ने गरि औंल्याइदिएर संगठन सुधार्न सहयोग गरिदिन पत्रकारहरुसँग अनुरोध गर्नु भएको छ ।
दाङ तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँगको भेटघाटमा डीआईजी राईले ‘प्रहरीले कहाँ चाहिँ नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ त्यस बारेमा पनि पत्रकारहरुले कलम चलाईदिन अनुरोध गर्नुभयो । प्रहरीले नराम्रो गरे प्रहरी कंट्रोल नम्बर १०० मा फोन गर्नुस, त्यसमा फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा सिधै आफुलाई खबर गर्न राईले आग्रह गर्नु भएको छ ।
मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प्रहरीले झर्केर बोल्न नमिल्ने उहाँले बताउनुभयो। प्रहरी मेरो साथी भन्ने कुरा लागू भइसकेको भएपनि कतिपय प्रहरीले जिम्मेवारी बिपरित गरे तत्काल खबर गर्न डीआईजी राईले अनुरोध गर्नुभयो । प्रहरी संगठन विपरीत कार्य र मर्यादा विपरीत चल्ने जो कोही प्रहरीलाई कारबाही गरिने राईको भनाई थियो ।
प्रहरी कार्यालमा कुनैपनि निवेदन दिदा वा लेखाउँदा पैसा नलाग्ने र प्रहरीले पैसा लिए आँफुलाई तत्काल सूचना दिन डीआईजी राईले अनुरोध गर्नु भएको छ । उहाँले प्रदेशका सबै जिल्लामा शान्ति सुरक्षा र अपराध तथा अवैध कार्य नियन्त्रणमा आफुले विशेष ध्यान दिने जनाउँदै साहेी बमोजिम गर्न सबै जिल्ला प्रहरी प्रमुखलाई पनि निर्देशन दिने बताउनुभयो ।
डिआई राईको लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरुवा हुनु अघि उहाँ नेपाल प्रहरीको प्रवक्ता हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *