१६ चैत्र २०८०, शुक्रबार

प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका महिला, बालबािलका सेवा केन्द्रका प्रहरी कर्मचारीहरू र जिल्ला बार एशोसियनमा आवद्ध कानुन ब्यबसायीहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो तालिमले बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन गर्न तथा कानुनी संरक्षण गर्न सहज हुने उहाँले बताउनुभयो ।

बाल बिवाह, लैंगिक हिंसा र बाल संरक्षणका घटनाहरूको उचित सम्बोधन, प्रभाबित बालबाालिकाहरूको आबश्यकताहरूको सम्बोधन र उनीहरूको कानुनी संरक्षण सम्बन्धमा महिला, बालबालिका सेवा केन्द्रका प्रहरी र जिल्ला बार एशोसियसन आवद्ध कानुन ब्यबसायीहरूको क्षमता तथा सिपकोे बिकास गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
तालिममा सहभागि जिल्ला बार एशोसियनका उपाध्यक्ष उदयमणी आचार्यले यो तालिमले बालविवाह र लैंगिक हिंसाका घट्नाहरु बुझ्न तथा व्यवस्थापनमा ठुलो सहयोग गर्ने बताउनुभयो ।
तालिमको शुरूवात र समापन बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक महेश नेपाली गर्नुभएको थियो भने उक्त तालिममा प्रशिक्षकको भूमिका बाल अधिकारकर्मी भिमराज अबस्थीले गर्नुभएको थियो ।
तालिममा बाँके युनेस्को क्लबका अनुगमन, मुल्यांकन तथा दस्तावजीकरण अधिकृत मो. इर्शाद राइ, फिल्ड अफिसर धिरज कुमार चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *