७ बैशाख २०८१, शुक्रबार

प्रेस युनियन बाँकेले स्थापना गरेको पत्रकार कल्याण कोषले सबै पत्रकारलाई समेट्ने

प्रेस युनियन बाँकेले स्थापना गरेको पत्रकार कल्याण कोषले सबै पत्रकारलाई समेट्ने

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, पुस १२ । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो ।
युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो । उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारी आफैले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताउनुभयो ।
युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने उहाँले बताउनुभयो । कोष सञ्चालनका लागि युनियनले निर्देशिका समेत तयार गर्ने ओलीले जानकारी दिनुभयो । ‘कोषमा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याजलाई हामी औषधी उपचार गर्न समस्यामा परेका पत्रकारलाई हस्तान्तरण गर्नेछौं, सहयोग रकम कसरी वितरण गर्ने भन्नेबारे हामी छिट्टै एउटा निर्देशिका बनाउनेछौं ।’
युनियन बाँकेका सचिव विजय मल्लले कल्याण कोषमा आवश्यक सहयोग गर्न सबैलाई आब्हान गरिएको बताउनु भएको छ । ‘कल्याण कोषमा सहयोग गर्न हामी सबैलाई आब्हान गर्दछौं, इच्छुक ब्यक्ति, संस्था र निकायले युनियनको बैंक खातामा सिधैं जम्मा गर्न अथवा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।’
कोषको अभाव हुँदा कतिपय पत्रकार तथा सञ्चारकर्मीले औषधी उपचारका लागि धेरै समस्या बेहोर्नु परेको छ । कल्याण कोषलाई अगाडी बढाउन युनियन बाँकेका अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्ष समिरमान श्रेष्ठ, सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सहसचिव लक्ष्मी चौधरी लगायत सम्पूर्ण कार्यसमिति सदस्य सक्रिय भएर लाग्ने निर्णय यसअघि नै भएको युनियनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *