८ बैशाख २०८१, शनिबार

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

सिराज खान
नेपालगञ्ज, माघ ८ । कालो कोठी फैलिएर टाउको भरि कोठीले भरिएर अत्याधिक समस्यामा परेकी बाँकेकी एक युवतीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा फेरी सफल शल्यक्रिया गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ प्लाष्टिक सर्जन डा. विनोद कर्णले डुडुवा गाउँपालिका ५ शिवराजपुरकी एक १७ वर्षिया युवतीको आधा टाउको भरि फैलिएको कोठीहरुको कालो जालोको फेरी सफल शल्यक्रिया गर्नु भएको छ । यसअघि पनि उहाँले मंसिर महिनाको अन्तिम तिर नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्ककी १४ वर्षीय बालिकाको पनि सोही प्रकारको सफल शल्यक्रिया गर्नु भएको थियो ।
डुडुवाकी युवतीको शल्यक्रिया गर्ने सो टोलीमा नेपालगञ्ज मेडिकल कलेजका डा. कपिल पोखरेल, डा. नविन रेग्मी, असिस्टेन्ट चउतराम थारु, स्टाफ नर्स अम्बिका अधिकारी र एक जना इन्टर्नको पनि सहभागिता रहेको थियो ।

टाउकोको आधा भन्दा बढी भागमा कोठीले जालो बनाएपछि समस्यामा परेर नेपालगञ्जस्थित सिटी सेन्टर अस्पतालमा उपचार गराउन पुग्नु भएकी डुडुवाकी ती युवतीलाई छाला रोग विशेषज्ञ डा. अनु रन्जितले मेडिकल कलेजमा रिफर गरेपछि आफुले शल्यक्रिया गरेको डा. विनोद कर्णले बताउनुभयो । उहाँले सो शल्यक्रियामा साढे तीन घण्टाको समय लागेको पनि बताउनुभयो ।
मेडिकल भाषामा यो समस्यालार्ई congenital giant melanocytic Naevus pilosus pigmentosus भनिन्छ । प्लाष्टिक सर्जन डा. कर्णले कोठी जन्मजात हो, केही हुदैन भन्दै लुकाएर बस्ने गरेका कारण यस्तो समस्या निम्तने गरेको जनाउँदै गाउँघरमा जन्मजात आएको चिज काट्नु पर्दैन भन्ने, कोहीले कपालले छेकेको छ भनेर लुकाउने गर्नाले पनि यस्ता समस्या निम्तने गरेको बताउनुभयो ।
ती युवतीको टाउकोमा कपाल पलाउनका लागि अझै थप दुई शल्यक्रिया गर्नु पर्ने जनाउँदै उहाँले अब गरिने शल्यक्रिया निशुल्क गरिने पनि बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेका यस्ता समस्या भएका बिरामीहरुलाई निशुल्क उपचार गरेर सहयोग गर्न आफु तयार रहेको समेत उहाँले बताउनुभयो ।
गाउँघरमा यस्ता समस्या रहेका अन्य विरामीहरु पनि धेरै रहेको र उपचारको पहुचमा नरहेको हुनसक्ने जनाउँदै डा. कर्णले आर्थिक अवस्था लगायतकै कारण रोग पालेर नबस्न सबैसंग आग्रह गर्दै आर्थिक समस्यामा भएमा शल्यक्रिया निशुल्क गरिने पनि बताउनुभयो ।
कोठि सानो छदा जन्मजातको लक्षण भन्दै उपचारमा चासो नदिदा फैलिएर टाउको भरिएपछि निकै समस्या हुने गरेको पाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *