६ बैशाख २०८१, बिहीबार

फत्तेपुरमा बाघले घेरेपछि रुखमा चढेर दुई जनाले ज्यान जोगाए

फत्तेपुरमा बाघले घेरेपछि रुखमा चढेर दुई जनाले ज्यान जोगाए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३ । बाँकेको फत्तेपुरस्थित जंगलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि शनिवार एक घण्टा रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्तीपीडित तथा गलुरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार घेरा हालेर आक्रमण गर्न खोजेपछि उनिहर रुखमा चढेका थिए ।
स्थानीय सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाउनु भएको हो ।
दाउरा बोकेर हिडिरहेका बेलामा बाघले फेला पारेपछि दाउरा फालेर उनीहरु रुखमा चढेका थिए । दुबै जना अलग–अलग स्थानमा करिव एक घण्टा जति रुखमा चढेर गुहार मागेका थिए ।
अशोकले मोबाइलबाट रुखबाटै फोन गरेर सबैलाई बोलाएपछि गाउँका धेरै जना मिलेर हो–हल्ला गर्दै रुखमा चढेको ठाउँमा गएर उद्धार गरी उनिहरुलाई घरमा लयाएका थिए ।
गाउँ नजिकैको जंगलमा बाघ फेला परेपछि त्रास फैलिएको स्थानीय बासिन्दा बताउँछन् । अशोक राप्तीसोनारी ६ डाँडाटेपरी र राजाराम राप्ती सोनारी ६ गुलरी निवासी हुन् ।
यसअघि शनिबार बिहान मात्र फत्तेपुरबाट बिनौनातर्फ जाने क्रममा हुलाकी राजमार्गको फत्तेपुर जंगलमै मोटरसाईकलमा सवार जनसिद्धेश्वर बहुमुखी क्याम्पसका प्रमुख लोकमणि बटालालाई पाटेबाघले झम्टिएको थियो ।
सावधानी अपनाएर मोटरसाइकल भगाएका कारण उहाँ बाघको आक्रमणबाट जोगिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *