१५ चैत्र २०८०, बिहीबार

फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाई सो वडाका अन्य सबै उम्मेदवार भन्दा फरक भिजन र फरक एजेण्डाका साथ मैदानमा उत्रिएका छन् ।
उच्च शिक्षा हासिल गरेर अजिजको प्रतिवद्धता देखि प्रचार शैली र वडालाई कस्तो बनाउने भन्ने भिजननै अरुभन्दा निकै फरक तर गज्जबको छ ।
युवा उमेरमै अत्यन्तै मनकारी, सहयोगी र समाजसेवीको छवि बनाउन सफल उनले वडावासी लगायत सहरभरिकै दुखी मानिसको दुखको समयमा केही मद्दत गर्न सके आफुलाई भाग्यमानि ठान्दछन् ।
समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवालाई देखेपछि उनको मनमा सहयोगको भावना उत्पन्न हुने गरेको छ । जसले उनलाई सहयोग र सेवा गर्न उत्प्रेरित गर्दै आएको छ ।
सोही कारणले अहिले उनि वडावासीविच मनकारी अब्दुल अजिजको रुपमा परिचित हुन पुगेका छन् । उनको आँट, आत्मविश्वास र जोश जाँगर लोभलाग्दो छ । वडावासीविच उनि लोकप्रिय हुँदै गएका छन् ।

प्रचार प्रसारका क्रममा घरदैलो गरि रहेकै अवस्थामा हुम्ला घर भएका सन्तोष बिकको अलसरका कारण आन्द्रा फुटे पछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको भनि सामाजिक संजालमा उनका आफन्तहरुले लेखेर पोष्ट गरे पछि मनकारी युवा अजिजले आफ्नो चुनावी घरदैलोलाई छोडेर मेडिकल कलेज पुगी बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिदै उपचारका लागि नगद ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
उनले सहयोग गरे पछि बिरामीले भगवानको दोस्रो रुपमा अजिजलाई पाएको बताए । नेपालगञ्ज ५ मा युवा पुस्ताका लागि अब्दुल अजिज रोलमोडल नै बनेका छन् । नेपालगञ्ज ५ का मात्र नभएर अन्य जिल्लाका असाहय गरिब दुखीहरुलाई सहयोग गर्दै आएको अब्दुल अजिजले बताए ।
स्थानीय निर्वाचनमा होमिएका अजिजप्रति अहिले आएर जनलहर बढदै गएको छ । स्थानीयहरुका अनुसार सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति वडामा निर्वाचित भए जनताको सबै समस्या समाधान हुने भएकाले उनलाइनै सहयोग गर्ने बताएका छन् । जसले गर्दा उनको अवस्था दिनदिनै बलियो हुँदै गएको पाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *