७ बैशाख २०८१, शुक्रबार

बम बनाउने क्रममा विष्फोट हुँदा विप्लवका दुई कार्यकर्ता घाइते

बम बनाउने क्रममा विष्फोट हुँदा विप्लवका दुई कार्यकर्ता घाइते

जनतामा त्रास फैलाएर निर्वाचन विथोल्ने उदेश्यले बम बनाईएको आशंका
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक ३० । निर्वाचनमा केही दिन मात्र बाँकी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम बिस्फोट भएको छ ।
बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थिले भाडामा लिएको कोठामा बम बिस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले सो कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रहरीको सुरक्षा घेरामा घाइते दुबै जनाको नेपालगञ्ज नरसिंग होममा उपचार भैरहेको छ । प्रहरीले उनिहरुसंग सोधपुछ गरेर सो बम बारे थप जानकारी संकलन गर्ने भएको छ ।
बम बनाउने कार्यमा संलग्न अन्य ३ जना घाइते भएको प्रहारीले जनाएको छ । उक्त घरमा अर्को एउटा पनि बम भेटिएपछि नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको डिस्पोजल टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
निर्वाचनमा गडबडी गर्ने र जनतामा त्रास फैलाउने उदेश्यले बम बनाउने कार्य भैरहेको आशंका प्रहरीले गरेको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता गतिविधी हुनसक्ने हुँदा प्रहरीले विहिबारबाट भाडामा बस्नेहरुको बारेमा पत्ता लगाएर खोजतलाश गर्ने जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *