१५ चैत्र २०८०, बिहीबार

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १८ । शनिवार राप्ती नदीमा डुबेर बेपत्ता भएका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव आइतवार विहान भेटिएको छ ।
शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए । बेलुकासम्म पनि उनिहरुको खोजी गर्दा नभेटिएकोमा आइतवार विहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुबै युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुबै युवतीको शव प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक दुबै एकै परिवारका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *