१६ चैत्र २०८०, शुक्रबार

बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

सिराज खान
बर्दिया, मंसिर २४ । ‘मैले लहलहमै लागेर बालविवाह गर्न लागेको थिए, तर मलाई मेरा केही साथी र गाउँका अन्य महिलाले त्यस्तो गर्न दिनु भएन । रोक्नु भयो । मन पराएको केटासंग विवाह गर्न नपाउँदा शुरुमा त धेरै रिस उठेको थियो । उनिहरुलाई तथानाम गाली गरे । अहिले आएर बल्ल थाहा पाए, त्यो त गैर कानुनी पो रहेछ । उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने रहेछ । अहिले म आफै उमेर नपुगेको विवाह न गर्न अरु साथिहरुलाई सम्झाउँदै हिडेको छु ।’– यो भनाई हो बर्दिया गुलरिया नगरपाकिा ६ निवासी १४ वर्षिया बालिका निरु चौधरी ( नाम परिवर्तन ) को ।
‘मेरो विवाह घर परिवारकै सहमतिमा २१ वर्षिय केटासंग हुन लागेको थियो । सबै तयारी भैसकेको थियो । विवाहको मिति भन्दा दुई दिन अघि घरमा नजिकका दिदिहरु आएर उमेर नपुगेकोले विवाह नगर्न परिवारलाई दवाव दिए । परिवारले नमानेपछि प्रहरीलाई घरमा ल्याएर उनिहरुले सो विवाह रोकिदिए ।’– यो भनाई हो मधुवन नगरपालिका ३ की १३ वर्षिया कल्पना विक ( नाम परिवर्तन ) को ।
बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका यी दुई बालिकाको भनाईले नै गाउँ घर समाजमा बालविवाहको अवस्था कस्तो छ भन्ने सहज रुपमा अनुमान गर्न सकिन्छ ।
तर, विभिन्न संघसंस्था, स्थानीय सरकार र विद्यालयमा दिईएको सचेतनाका कारण वालविवाहलाई बलपुर्वक रोक्ने क्रम पनि शुरु भएको छ । जुन निकै सकारात्मक र राम्रो पक्ष हो ।
घर नजिकैको एक विद्यालयमा अध्ययनरत गुलरिया ६ कि चौधरीले आफ्नै कक्षाका १५ वर्षिया एक केटा साथीसंग प्रेम परेपछि विवाह गर्ने योजना बनाइन् । उनिहरु दुबैले भागेर विवाह गर्ने योजना बनाईरहेकै बेला गाउँ र विद्यालयका सहपाठी र अन्यले रोके ।
अहिले उनि सोही विद्यालयमा अध्ययनरत छन् भने उनले प्रेम गरेको बालक पनि संगै अध्ययन गरिरहेका छन् । अब उमेर पुगेपछि मात्र विवाह गर्ने उनिहरुले निर्णय छ ।
यस्तै मधुवन नगरपालिका ३ की १३ वर्षिया बालिकाको विवाह उनका आमा बुवाले नै गर्न खोजेका थिए । तर, बालविवाह विरुद्ध सचेतना फैलाईरहेका युवतीहरुको प्रयासले सो विवाह पनि रोकियो ।


बर्दिया जिल्ला धेरै बालविवाह हुने जिल्ला मध्ये पर्दछ । सोही कारणले गत दुई वर्षदेखि विभिन्न गैर सरकारी र सरकारी निकायको समन्वयमा सो रोक्ने तथा न्युनिकरण गर्ने अभियानहरु सञ्चालन गरिएका छन् ।
जिल्लाका ८ वटै पालिकामा रहेका ४० वटा माध्यामिक विद्यालयमा वालविवाह रोक्ने कार्ययोजना नै निर्माण गरेर काम भैरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।
माध्यामिक तहमा अध्यनरत धेरै किशोर किशोरी वालविवाहको सिकार हुने भएकोले विद्यालयवाट नै बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न विद्यालयको अतिरिक्त क्रियाक्लापमा सो योजना समावेश गरिएको उनले जनाए ।
कार्ययोजनामा बालविवाह विरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निवन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरु तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने क्रियाक्लाप समावेश गरिएको त्रिभुवन मावि ककौराका प्रधानाध्यापक दामोदर पौडलले बताए । विद्यालयमा तयार गरिएको योजनाहरुलाई पुर्णरुपमा कार्यान्वन गर्ने र विद्यालयमा वालमैत्रि शिक्षणलाई लागु गरीने उनको भनाई छ ।
यो कार्ययोजनाले धेरै हदसम्म वालविवाह रोकिने विभिन्न विद्यालयका शिक्षक र विद्यार्थिहरुले बताएका छन् ।
बर्दियामा बाँके युनेस्को क्लब र दलित महिला उत्थान संघ लगायतका संघसंस्थाले बालविवाह रोक्न जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थि, धर्मगुरु र आमा समुह लगायतलाई सचेत पार्ने तथा जानकारी गराउने काम गर्दै आएकोले अवस्था फेरिंदै गएको गुलरियाका अगुवा ईश्वर विक बताउँछन् ।
उनले प्लान नेपाल लगायतका संस्थाको सहयोगमा भैरहेका कार्यक्रमहरुले गर्दा समाजमा बालविवाह विरुद्ध ठुलो चेतना ल्याएको बताए । पहिलेको तुलनामा अहिले बालविवाह धेरै कम भएको पनि विकको दावी छ ।
बालविवाहले बालबालिकालाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् । त्यसैले बालविवाहलाई कानूनीरूपमा प्रतिबन्ध लगाइएको छ । तर, समाजमा विभिन्न कारणले यो प्रचलन रोकिएको भने छैन ।
गुलरिया नगरपालिका भित्र नै उमेर नपुगेका बालबालिकाको विवाह पहिले धेरै हुने गरेकोमा अहिले आएर सो संख्या घटे पनि पुर्ण रुपमा बन्द नभएकोले अझै पनि सचेतना र शिक्षामा विशेष जोड दिईएको गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम बताउँछिन् ।
उनले स्थानीय सरकारले पनि वालविवाह रोक्न गैर सरकारी संस्थाहरुसंग हातेमालो गरेर अगाडी बढिरहेको जनाउँदै कानुनी रुपमा पनि कडाई शुरु गरिएको बताइन् ।
मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ । उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना र बालविवाह गर्ने गराउने कार्यलाई दण्डनीय हुने व्यवस्था गरेको छ । उमेर नपुगेका युवायुवतीको विवाह गर्ने गराउनेबाट लिइएको जरिवाना रकम पीडित बालबालिकालाई क्षतिपूर्तिवापत दिनुपर्ने व्यवस्थासमेत गरेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *