१५ चैत्र २०८०, बिहीबार

बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा शनिबारबाट औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएका छन । जिल्लाका सबै ८१ वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन ।
बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले बताउनुभयो । उहाँले निर्वाचन स्थलमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको जनाउनुभयो ।
भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएका छन । शनिवार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो ।
सोही प्रकारले बिहान ११ः१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन भएको छ । यसैगरी बिहान ११ः२० देखी ३ बजेसम्मका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको थियो। आजै दिउँसो ३ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः५५ देखी ४ बजेसम्म उम्मेदवारीमाथी विरोध संशोधन गरिनेछ ।
निर्वाचन कार्यक्रम अनुसार दिउँसो ४ बजे उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, ४ः५ बजेदेखी ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २८ गते ९आइतबार० बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ ।
बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *