१६ चैत्र २०८०, शुक्रबार

बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ५ । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जंगलमा बेवारिसे बम फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जंगलमा बेवारिसे बम भेटिएको अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीले बताउनुभयो ।
उहाँले सो बम द्धन्द्धकालको समयमा फािलएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो । भेटिएको बम सकेट बम रहेको प्रहरीले जनाएको छ ।
बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ रहेको जनाउँदै असई केसीले सो बारेमा नेपाली सेनालाई जानकारी गराई सकेको र सेनाको टोलीले घटनास्टलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो ।
द्धनद्धको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *